Friday, August 31, 2012

माधव नेपाल सुटुक्क अमेरिकातिर

१५ भदौ, काठमाडौं । गतिरोध अन्त्यका लागि छलफलमा जुट्नुपर्ने समयमा नेकपा
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालभने अमेरिकातिर लाग्नु भएको छ ।
अमेरिकाको इण्डियानामा हुने एशोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका
आन्मा र नेप्लिज एशोसिएसन अफ साउथ इष्ट अमेरिका नासाको आठौं संयुक्त
सम्मेलनमा भाग लिन भन्दै नेता नेपाल बिहीबार न्यूयोर्क प्रस्थान गर्नु
भएको हो । भ्रमण झण्डै हप्ता १० दिनको हुने उहाँका प्रेस सहयोगी विष्णु
रिजालले अनलाइनखबररलाई जानकारी दिनुभयो ।
गतिरोध अन्त्यका लागि अमेरिका भ्रमणमा आउन लागेको भन्दै त्यहाँ रहेका
नेपालीहरुले भने विरोधको तयारी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा
नेपालको भ्रमणको विरोधमा टिकाटिप्पणी हुन थालेका छन् भने जनजातिहरुले
कालोझण्डा देखाउनेसम्मको तयारी गरेका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete