Saturday, August 18, 2012

मृतकका परिवारलाई आठ लाख रुपैयाँ

तनहुँ, भदौ २ - सुत्केरी आमा र शिशुको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएपछि दमौलीस्थित रत्‍नहरि मेमोरियल अस्पतालले क्षतिपूर्तिस्वरुप आठ लाख रुपैयाँ दिने भएको छ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार मृतकका आफन्तजन, अस्पताल सञ्चालक समितिका पदाधिकारी र प्रहरी प्रशासनको संयुक्त बैठकले आठ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको हो। उक्त सहमतिपछि मृतकका आफन्तजनले शुक्रबार साँझ शव बुझेका छन्।
तनहुँको स्याम्घा गाविस-३ घर भई हाल व्यास-११ बस्दै आएकी २४ वर्षीया अमृता विक र उनकी नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको थियो।
डाक्टरको लापरबाहीका कारण आमा र शिशुको मृत्यु भएको र मृत्यु भइसकेको व्यक्तिलाई थप उपचारका लागि भन्दै पोखरा पठाएर झनै दुःख दिने काम गरेको मृतकका देवार दीपक विकले बताए।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र डाक्टरलाईकडा कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझ्न मानेका थिएनन्। मृतकका परिवारलाई अस्पतालले क्रियाखर्चबापत तत्कालै २५ हजार रुपैयाँ उपलब्धगराउने र अरू रकम पछि प्रदान गर्ने सहमति भएको सो अस्पतालका व्यवस्थापक विजय श्रेष्ठले जानकारी दिए। मृतकका श्रीमान् भरत विक रोजगारीको सिलसिलामा साउदीमा रहेको बताइएको छ। -रासस

No comments:

Post a Comment