Friday, August 31, 2012

गोरु काट्नेलाई १२ बर्ष जेल

भदौ १५ – गोरु काटेको अभियोगमा मुद्दा खेपिरहेका तीनजनालाई पर्वत जिल्ला अदालतले १२ बर्ष जेल सजायँ सुनाएको छ ।पर्वत माझफाँट गाविस ९ का हिरा नेपाली र डिलबहादुर नेपाली र म्याग्दी राखुपिप्लेका गोरे नेपालीलाई अदालतले बिहीबार १२ बर्ष जेल सजायँ सुनाएको हो ।
जिल्ला न्यायधिश सुदर्शनराज पाण्डेको एकल इजलासले कैदको फैसला सुनाएपछि उनीहरु बिहीबार नै जेल चलान भएका छन् । २०६८ कार्तिक २६ गते गोरु काटेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसै घटनामा संलग्न रत्नकुमारीनेपाली अझै फरार छिन् ।
माझफाँट ९ का सोमबहादुर खत्रीले गोरु काटेको आफुले प्रत्यक्ष देखेको र विभिन्न समयमा लुकिछिपी गाईगोरु बध गरेर खाने गरेको प्रहरीलाई जाहेरी दिएका थिए । प्रहरीले त्यसै आधारमा मुद्दा चलाएको थियो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete