बिलासी बनेको भन्दै सातौं विस्तारित बैठकमा आलोचना भएपछि दाहालले सुविधा फिर्ताको घोषणा गरेका थिए । दाहालको निजी सचिवालय स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भने सरकारले दिने सुविधाबापतको सवारी नै दाहालले प्रयोग गर्नेछन् ।
सरकारले पूर्वप्रधानमन्त्रीलाई ४० लाख बराबरको गाडी सुविधा दिने निर्णय गरिसकेको छ ।
सचिवालयका अनुसार दाहालले घोषणा गरेको लाजिम्पाटको घर छाड्नेलगायतका निर्णय पनि क्रमशः लागू गर्दै लगिनेछ ।
No comments:
Post a Comment