साउन ५- एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई मिलेर शान्ति प्रक्रिया भाँडेको आरोप पुनर्गठित नेकपा-माओवादीका पोलिटब्युरो सदस्य खड्गबहादुर बिश्वकर्माले लगाएका छन्। पार्टी फुटपछि पहिलोपटक कार्यकर्ता प्रशिक्षणका लागि गाईघाट आएका उनले कांग्रेस र एमालेले गर्दै आएको राष्ट्रविरोधी काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए।
शुक्रबार क्रान्तिकारी पत्रकार महासंघ उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान समस्याबाट मुलुकलाई निकास दिन सर्वपक्षीय गोलमेच सभाबाट मात्र सम्भव हुने बताए। देशलाई यस्तो दलदलमा फसाउने सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै उनले वर्तमान सरकार जनताको मुद्दाप्रति गम्भीर नरहेकाले यसको विघटन गरी तत्काल संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए।
घोषिते संविधान सभाको पुननिर्वाचन यो सरकारको आयातित विचार भएको टिप्पणी गर्दै उनले आफ्नो पार्टी कुनै हालतमा पुननिर्वाचन हुननदिन दृढ रहेको बताए। 'अब हुने संविधान सभाको पुनःनिर्वाचनले जनताको चाहना सम्बोधन गर्न सक्दैन' उनले भने 'त्यसैले पुनःनिर्वाचनको कुनै औचित्य छैन।' बरु राजनीतिक सहमतिका आधारमा विघटित संविधान सभालाई थोरै समयका लागि भएपनि ब्यूताउँन सकिने उनको तर्क थियो।
सरकारबाट हट्नुपर्ने बेलामा बजेट ल्याएको भन्दै उनले निर्वाचनका लागिसमेत छुट्याएर बजेट ल्याउनुलाई उनले सरकारको 'मुर्खता' को संज्ञा दिए। भने 'बजेट ल्याउने होइन, सरकार छाडेको भए उत्तम हुन्थ्यो।' जनजीविकाको नारा लिएर स्थापित एमाओवादी पार्टी विचलनमा फसकेका कारण आफूहरु वैद्यको नेतृत्वमा पार्टी पुनरगठन गर्न बाध्य भएको भनाई उनको थियो।
अर्का नेता किरात राज्य इन्चार्ज पद्म साम्पाङ (विकास)सहित आएका प्रकाण्ड बिहीबार आयोजित नवगठित समितिका कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका थिए। राज्य समिति सदस्य, सल्लाहकार, जिल्ला कमिटीका अगुवा कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुखलगायत लगभग दुई सय ५० बढी कार्यकर्तालाई स्थानीय संगम पुस्तकालयमा दुवै नेताले बन्द प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा पार्टी पुनरगठनको औचित्य, वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी दिइएको पार्टी इन्चार्ज मीनकुमारले बताए।
प्रति
No comments:
Post a Comment