काठमाडौँ, साउन ७ (नागरिक)- नेपाल बैंकबाट कर्मचारीहरुसँग मिलेमतो गरी खोला किनार र भीरपाखाका जग्गा धितो राखी गैरकानुनी तरिकाबाट ऋण लिई करोडौँ ठगी भ्रष्टाचार गरेको आरोप प्रमाणित भई ७ वर्षदेखि फरार रहेका व्यापारी मोहन साहनी आज पक्राउ परेका छन्।
अदालतले २०६२ सालमा उनलाई साढे १० करोड जरिवाना र त्यति नै वापतको बिगो असुल उपर गर्नुपर्ने सजाय सुनाएको थियो।
नेपालगञ्ज घर भएका ५६ वर्षका साहनीलाई त्रिपुरेश्वरमा लुकेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले हिरासतमा लिएको हो। उनलाई आजै जिल्ला अदालतमा पेश गरिएको छ।
उनले कमसल मूल्यका नदीखोला किनारका, भिरपाखो भएको जग्गाहरु धितो राखी राख्ने गरेको र त्यस्ताको मूल्याङ्कन पनि बास्तबिक मूल्यभन्दा धेरै गुना बढी देखाइ बैंकमा धितो राख्ने गरेका थिए।
को हुन् साहनी ?
• मोहन साहनी "मोहन साहनी समुह" अन्तर्गतका निम्न फर्म/कम्पनी/उधोगहरुमा संचालक/साझेदार रहेको ।
o साहनी सप्लायर्स
o सरोज उड ईण्डष्ट्रिज
o सरोज फर्निचर्स
o कान्ति खाद्य उधोग
o ए. वन एण्ड सप्लायर्स
o फेयरडिल इन्टरनेशनल प्रा.लि.
o उमा महेश्वर हाडडवेयर
o वेष्ट वे सेन्टर
o ए. सेल इन्टरनेशनल प्रा.लि.
o टि एन्ड टी. इन्डष्ट्रिज
o साइबाबा बिधा गार्मेन्टस
o गोरखकाली गार्मेन्टस् इन्डष्ट्रिज
o बौद्द रिकण्डिसन इन्टरप्राइजेज
o युनिभर्सल एपिरल्स प्रा.लि.
o कञ्चन ट्रेड कन्सर्न ।
के के थिए आरोप ?
• उक्त फर्महरुको नाममा नेपाल बैंक लि. बाट बिभिन्न मितिमा कर्जा लिँदा बैंकका कर्मचारीहरुसंग मिलेमतो गरी गैरकानुनी तरिकाबाट कर्जा लिनुको साथै गलत प्रयोजनको मनसाय राखि बैंकका कर्मचारी र कर्जावालहरुलाइ फाइदा हुने गरी कर्जा लिएको ।
• मोहन साहनी समुह र सो संग समबन्धित फर्म / उधोगहरुले बैकसंग गरेका कारोबारहरुमा हाइपोथिकेशन (हाइपो), ओभर ड्राफ्ट (ओ.डी.), पुर्ब निर्यात कर्जा, ट्रष्ट रिसिप्ट कर्जा (टि.आर.), एडभान्स अन क्रेडिट (ए.ओ.सी.), प्रतित पत्र (एल.सी.) , धितो कर्जा लिएको ।
• मोहन साहनी लगाएत अन्य प्रतिवादीहरुले नेपाल बैक लि. बाट माथी उल्लेखित फर्म हरुबाट कर्जा लिनेक्रममा नेपाल बैंक लि. लाइ जम्मा रु १९,००,०६,०४५।८३ ( उन्नाइस करोड छ हजार पैतालिस रुपैया त्रियासी पैसा) गैर कानुनी हानी नोक्सानी र कर्जावाल प्रतिवादीहरुलाई गैर कानुनी लाभ पुर्याएको।
• निजहरुले बैंकमा धितो राखेका अधिकांशः जग्गाहरू कमसल मुल्यका नदीखोला किनारका, भिरपाखो भएको जग्गाहरु राख्ने गरेको र त्यस्ताको मूल्याङ्कन पनि बास्तबिक मूल्यभन्दा धेरै गुना बढी देखाइ बैंकमा धितो राख्ने गरिएको। त्यस्ता जग्गाहरु धितो राख्ने प्रयोजनको लागि तत्काल किनी धितो राख्ने गरिएको ।
• यस्ता कम्पनी वा फर्महरू केबल कर्जा लिने उद्देश्यले खोलिएका र एकपटक दर्ता गरि कर्जा लिइसकेपछि धेरै जसो फर्महरुबाट कारोबार गर्ने नगरेको ।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment