पूर्वराजा ज्ञानेन्द्र शाहले बीरेन्द्रको बंशनास गरेको भन्ने आरोप आफुमाथि लगाउनु केवल प्रोपोगाण्डामात्र भएको बताउनुभएको छ ।
न्यूज २४ टेलिभिजनलाई दिनुभएको अन्र्तवार्तामा उहाँले दरबार हत्याकाण्डलाई आफ्नो बदनामा गर्न प्रयोग गरिएको र त्यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
‘मलाई कुनै पश्चाताप र लाज छैन,म दोषी छैन भने म किन डराउनु ?’ शाहले भन्नुभयो । दरबार हत्याकाण्ड र आफ्नै कार्यकालमा राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुँदैन भन्ने प्रश्नमा शाहलेभन्नुभयो-’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’
आफ्नै समयमा २ सय ४० बर्ष लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भन्नुभयो-केगर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् ।’
No comments:
Post a Comment