१२ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवलेराजनीति देश र जनताको सेवाका लागि समर्पणको भावनाबाट प्रेरित हुनुपर्नेमा अहिले राजनीति उद्योग बनेको गुनासो गर्नु भएको छ ।
परिवर्तनका लागि २००७ सालदेखि २०६२/६३ सालसम्म पटकपटक भएका आन्दोलनमा धेरै ठूलो बलिदानी भएपनि प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकिएकामा पनि राष्ट्रपति डा. यादवले चिन्ता व्यक्त गर्नुभयो । अगुवाले नै बाटो बिराए मुलुकले निकास पाउनसक्दैन’ ‘एन डी प्रकाश चटौतः व्यक्ति एक अभिव्यक्ति अनेक’ ग्रन्थको लोकार्पण गर्दै यालवले भन्नुभयो-’पाएको उपलब्धिलाई राष्ट्र निर्माणको काममा लगाउनुपर्छ ।’
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एन डी प्रकाशले ठाउँठाउँमा विद्यालय खोल्ने, कुरीतिविरुद्ध लड्ने र राजनीतिक एवम् सामाजिक जागरण ल्याउने काम गरेको उल्लेख गर्नुभयो ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एन डी प्रकाशले सानै उमेरमा राष्ट्रिय राजनीतिमा उज्यालो प्रकाश छर्ने काम गरेको बताउनुभयो
No comments:
Post a Comment