Sunday, July 22, 2012

प्रधानमन्त्री सत्ताच्युत हुने गरी आन्दोलन गर्न माधव नेपालको निर्देशन

काठमाडौं, साउन ७ (नागरिक) - एमाले बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले सहजै सत्ता नछाड्ने भएकाले आन्दोलन गरी सत्ताच्युत गर्न युवा संघका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। उनले सम्झाए, 'ज्ञानेन्द्रका शासनमा आन्दोलन शिथिल भएका बेला युवाहरुले ऊर्जा थपेका थिए।'
युवा संघ नेपालको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको आज राजधानीमा उद्घाटन गर्दै नेपालले भने, 'माओवादीको विस्तारित बैठकले अहिले सत्ता छाड्नु आत्मघाति हुने प्रस्ताव पारित गरेको छ। त्यसैले सत्ता छाड्ने अवस्था देखिँदैन। यही भएर आन्दोलनको विकल्प छैन। युवाले यसका लागि सशक्त भूमिका खेल्नु पर्छ।'
भेलामा जिल्ला तथा अञ्चल इन्चार्ज, जिल्ला अध्यक्ष, अञ्चल संयोजक र सचिव, विभागका सचिव, केन्द्रीय पदाधिकारी तथा सदस्य तथा लेखा आयोगका सदस्य तीन सय कार्यकर्ता भेलामा संलग्न रहेको युवा संघले जनाएको छ।

No comments:

Post a Comment