Thursday, July 26, 2012

श्रीमान् पसिना बगाउने, श्रीमतीचाहिँ रमाउने

११ साउन, काठमाण्डौं । सिन्धुपाल्चोक गाविसकी रुपा (नाम परिर्वतन)ले श्रीमान् विदेश गएको बेला चिनेकै एकजनासँग यौन सम्पर्क गरेको थाहा पाएपछि उनलाई श्रीमान्ले छाडिदिएका छ ।
त्यस्तै, साँगाचोकका हरि पराजुली वैदेशिक रोजगारका लागि १९ महिना कतार बसेर र्फकदा श्रीमती बिमला पराजुलीले १२ बर्ष कान्छो केटासँग विहे गरेको थाहा पाएपछि मर्माहत भएका थिए ।
सागाँचोक -८ का विष्णु विक विदेश गएको चार बर्षपछि घर र्फकदा श्रीमती गर्भवती भएको थाहा पाएपछि छोडिदिएका थिए ।
यी माथिका प्रतिनिधि घटनाहरु श्रीमान विदेश गएको बेला यौन चाहाना मेटाउन लागि परपुरुषसँग शारीरिक सम्बन्धपछि उत्पन्न भएका हुन् । जिल्लाबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिने क्रमसँगै घरमा बस्ने श्रीमतीहरु यौन चाहान मेटाउन परपुरुषसँग शारीरिक सम्बन्ध राख्नथालेपछि धेरै परिवारमा श्रीमान्-श्रीमतीबीच सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको खबर राजधानी दैनिकले छापेको छ ।
श्रीमान्हरु लामो समयसम्म विदेशमा रहने र घरमा रहेकी श्रीमतीहरु यौन प्यास मेटाउन परपुरुषसँग लाग्ने गरेका घटनाहरुको धेरै मुद्धा आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment