Saturday, July 28, 2012

क्यासिनोले कंगाल बन्दै नेपाली

१३ साउन, काठमाण्डौं । क्यासिनोमा जुवा हारेर करोडौं रुपैयाँ सिध्याउनेको संख्या राजधानीमा बढ्दै गएको छ । पछिल्ला केही बर्षमा सयभन्दा बढी व्यक्ति क्यासिनोका कारण करोडौं गुमाएर कंगाल भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख डिआजी उपेन्द्र कान्त अर्याल भन्नुहुन्छ-’क्यासिनोमा धेरैले घरखेत सिध्याएकाछन्, धेरैको उठिबास लागेको छ ।’
क्यासिनोमा जग्गा व्यवसायी र म्यानपावर व्यवसायीले पनि मोटो रकम हारेको प्रहरी अधिकारीहरुको भनाई रहेको छ । बालाजुका जग्गा व्यापारी केशव रायमाझिले पनि क्यासिनोमा मोटो रकम सिध्याएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । म्यानपावर व्यवसायी ओम गुरुङ पनि क्यासिनोबाट कंगाल भएका छन् ।
पैसा लगाउने करोडपति
क्यासिनोमा खेल्ने नेपाली सडकछाप भईरहेका बेला क्यासिनोमा पैसा लगाउनेहरु भने रातारात करोडपतिभएका छन् । क्यासिनोमा जुवा खेल्नेहरुलाई तत्कालै ऋण दिने लगानीकर्ताको भीड क्यासिनो भित्रै रहेको हुन्छ ।
यस्ता व्यक्तिले एक लाखको प्रतिदिन १० हजार रुपौयाँ व्याज लिएर ऋण दिने गर्छन् । पैसा नदिए जग्गाधनी पुर्जा, गाडी, गहना उनीहरुले लिने गरेका छन् । त्यसरी क्यासिनोमा पैसा लगाउनेहरुमा बलराम सापकोटा, दिनेश अधिकारी, दावा लामा भनिने जितेत्द्र लामा, अजय श्रेष्ठ लगायतका रहेका छन् ।

No comments:

Post a Comment