Thursday, July 19, 2012

हतियार देखाएर चोरी गर्नेचार पक्राउ

साउन, भक्तपुर । भक्तपुरको दधिकोट गाविस-४ बस्ने पूर्व सैनिक रविराम रावतको घरमा हतियार देखाएर लुटपाट गर्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ललितपुर जिल्ला लामाटार गाविस-९ घर भई हाल ललितपुरको च्यासल बस्ने २५ वषर्ीय पूर्णथिङ तामाङसहित सोही स्थान बस्ने वर्ष २२ का राजेन्द्र तामाङ, वर्ष २० का कमल तामाङ र वर्ष १९ का प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको समूहबाट प्रहरीले चार थान मोबाइल, सुन जस्तो पहेलो देखिने औंठी एक थान, कानमा लगाउने झुम्का दुई थान, हातमा लगाउने बाला एक थान,ठूलो खुकुरी एकथान र प्लाष्टिकको माक्स एकथान बरामद गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरीले दुई लाख पाँच हजार ८०० बराबरको चोरी भएको जानकारी दिएको थियो । रासस

No comments:

Post a Comment