Friday, July 20, 2012

राष्ट्रपतिसहित १६ नेताले अबैध रकम फिर्ता गरे

५ साउन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब सहितका १६ जना नेताहरुले विभिन्न कालमा मन्त्रीहुँदा गैरकानुनी रुपमा लिएको दसैं खर्च र कर कट्टी नगरेको रकम फिर्ता गरेका छन् । सम्बन्धित मन्त्रालयका सचिवहरुले तत्कालीन मन्त्रीहरुले गैरकानुनी रुपमा लिएको रकम बेरुजुमिनाहा गर्न राखेको प्रस्ताव बेरुजु फस्र्योट समिति र महालेखा परीक्षकले नमानेपछि उनीहरु रकम फिर्ता गर्न बाध्य भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
बेरुजु फस्र्योट समिति र महालेखा परीक्ष समितिको दवावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नेताहरुले मन्त्री हुँदा गैरकानुनी रुपमा लिएको रकम फिर्ता गर्न पत्र पठाई ताकेता गरेपछि उनीहरुले केहीदिन अघि फिर्ता गरी बेरुजु फस्र्योट गरेका हुन् ।
महालेखा परीक्षकको कार्यालयले तत्कालीन मन्त्रीहरुले बुझेको दसैं खर्च र कर कट्टा नगरेको रकमलाई आफ्नो प्रतिवेदनमा गैरकानुनी करार दिँदै फस्र्योट हुनुपर्ने बेरुजुमा राखेकोथियो ।
महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रपति डा. रामबरण यादबले स्वास्थ्यमन्त्री हुँदा गैरकानुनी रुपमा दुई बर्ष बुझेको दसैं खर्च वापतको २५ हजार ५सय रुपैयाँ फिर्ता गर्नुभएको छ । त्यस्तै तत्कालीन मन्त्रीहरु महन्थ ठाकुर, विजयकुमार गच्छादार, महेश आर्चाय, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, बिष्णु पौडेल, अमृतकुमार बोहरा, केशब बडाल, विद्यादेबी भण्डारी, कुलबहादुर गुरुङ, मुकुन्द न्यौपाने, अशोक राई, सिद्धिलाल सिंहले लिएको दसैं खर्च फिर्ता भएको छ ।

No comments:

Post a Comment