Friday, July 20, 2012

दुई युवती सहित इन्स्पेक्टर होटलमा छिरेपछि !

साउन, वीरगञ्ज । पर्साका ट्राफिक प्रहरी प्रमुख लक्ष्यमणसिंह ठाकुर बिहीबार वीरगञ्जमा एक होटलमा कोठाभित्र दुईयुवतीका साथ भेटिए । उनी कार्यालय समयमै ती युवतीसँग बसेर मदिरा सेवन गरिरहेका थिए ।
बिहीबार दिउँसो तीन बजे स्थानिय सम्झना होटलको कोठा नम्बर १०२ मा ट्राफिक इन्स्पेक्टर ठकुरी युवती सहित भेटिएका हुन् । उनी दिउँसो दुईबजे होटमा छिरेको र बाहिरबाट वियर मगाएको सम्झना होटलमा कामगर्ने कामदारले बताएका छन् । उक्त होटलमा वियर नपाइने भएकाले अर्को होटलबाट मगाएको आजको सौय दैनिकले खबर छापेको छ ।
होटलबालाले पत्रकारलाई खबर गएपछि गएको टोली कोठामा छिर्दा तीनै जना खानपिनमा व्यस्त रहेका थिए । कोठाभित्र रहेका दुईवटा वेड अस्तव्यस्त थिए भने ठकूरी पत्रकारलाई देख्ने वित्तिकै बाहिरीएका थिए ।
होटलको दर्ता रजिष्टरमा काठमाण्डौंका सुनिता राना र छाया गुरुङ नाम भएका ती युवति सिमराका भएकोबताईएको छ । उनीहरुसँग काठमाण्डौमा काम गर्दा चिनजान भएको र यहाँ आएको बेला भेटेको ठकुरीले बताएका छन् । आफैले होटल बुक गरेको बताउँदै ठकुरीले उनीहरुले आफुलाई भेट्न धेरै हत्ते गरेपछि गएको बताएका छन् । उनीहरु किन आएको भन्नेबारे नबुझेको पनि ठकुरीले बताए ।
होटलबाट बाहिरीएका युवतिले पनि आफुहरुलाई इन्पेक्टर ठकुरीले नै बोलाएको र उनैले होटलमा कोठा बुक गरेर राखेको बताएका थिए ।

No comments:

Post a Comment