Thursday, June 21, 2012

पश्चिमी क्षेत्रमा भएका जातिय हिंसामा १o५ जनाको मृत्यु

लिबियाको पश्चिमी क्षेत्रमा पछिल्ला दिनहरुमा भएको जातिय हिंसामा परी १ सय ५ जनाले ज्यान गुमाएका छन् । लिबीया सरकारले दिएको जानकारी अनुसार हिंसामा परी झण्डै ५ सयभन्दा धेरै घाईते भएका छनभने हजारौं विस्थापित भएका छन ।
राजधानी त्रिपोलीबाट १ सय ५० किलोमिटर दक्षीणमाअवस्थित जिन्तान, मिज्दा, सेगाग्या लगायतमा शहरहरुमा हिंसा फैलिएको थियो । लिबीयाका दुई आदिवासी समुह गुन्त्रारा र माशास्याविच एक हप्तासम्म चलेको हिंसामा यती धेरै मारीएका हुन् ।
गत सोमवार सेना परिचालन गरेपछि भने हिंसा नियन्त्रण भएको सरकारी दावी छ । लिबीयामा गत वर्ष भएको आन्दोलनको क्रममा पश्चिमी सेनाको कारवाहीमा तत्कालीन शाशक मुआमार गद्याफी मारीएका थिए । गद्याफीको पतनसँगै त्यहाँको शाशन सत्ता समालिरहेको राष्ट्रिय संक्रमणकालिन परिषदले लिबीयामा स्थिरता ल्याउने थुप्रै चुनौती झेलिरहेको छ ।
गद्याफी विरुद्धको आन्दोलनमा प्रयोग गरेका थुप्रै हतियार जनताले आफुसँगै राखेका छन् । यसैको कारण पनि ठाँउठाँउमा सशष्त्र द्धन्दहरु जारी रहेको बिबिसीले जनाएको छ ।

No comments:

Post a Comment