- आर्थिक वर्ष २०६८/६९ वैशाखसम्ममा समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च १ खर्ब १० करोडले बचतमा छ। मुलुकबाट बाहिरिने भन्दा भित्रने रकम बढेकाले यो बचत उच्च भएको हो। गत वर्षको यही अवधिमा १२ अर्ब ३२ करोडले शोधनान्तर स्थिति घाटामा थियो।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीका अनुसार निर्यातमा सुधार, रेमिटेन्स र सेवा क्षेत्रको वृद्धिका कारणले शोधनान्तर बचत उच्च भएको हो। बचत एक खर्ब नाघ्नु अर्थतन्त्रका लागि सन्तोषजनक अवस्था भएको उनले बताए।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यो अवधिमा चालु खाता ४४ अर्ब ७५ करोडले बचतमा भएको उल्लेख छ। गत वर्ष चालुखाता ११ अर्ब ३२ करोडले घाटामा थियो। विप्रेषण आयमा वृद्धि, सेवा खातामा सुधारका कारण चालु खातामा उल्लेख्य सुधार आएको हो।
समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब २६ करोड २४ लाख डलर पुगेको छ। चालु खाता बचत ५५ करोड ७६ लाख डलर पुगेको छ। गत वर्ष यही अवधिमा शोधनान्तर घाटा १६ करोड ६८ लाख डलर पुगेको थियो। चालु खाता घाटा १५ करोड ४४ लाख डलर पुगेको थियो।
विगत केही वर्षदेखि घाटामा रहेको खुद सेवा आय समीक्षा अवधिमा १३ अर्ब ४९ करोडले बचतमा छ। गत वर्ष वैशाखसम्म खुद सेवा खाता घाटा ७ अर्ब ९३ करोडथियो। पर्यटन आयमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष वैशाखसम्म यो आय १४ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो भने यो वर्ष २६ दशमलव ८ प्रतिशतलेवृद्धि भएको छ।
खुद ट्रान्सफर आय अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ३२ दशमलव ८ प्रतिशतले वृद्धि भई ३ खर्ब ३२ अर्ब ६४ करोड पुगेको छ। ट्रान्सफर अन्तर्गत पेन्सन आयमा ० दशमलव ८ प्रतिशतले वृद्धि भई २३ अर्ब ६३ करोड पुगेको छ। विप्रेषण आप्रवाह अघिल्लो वर्षको १० दशमलव ८ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३६ दशमलव ५ प्रतिशतले बढेको छ। वैशाखसम्म बैकिङ क्षेत्रबाट२ खर्ब ८२ अर्ब २ करोड रेमिटेन्स आएको छ।
वैशाखसम्ममा कुल विदेशी विनिमय सञ्चिति २०६८ असारको तुलनामा ४८ दशमलव ८ प्रतिशतले बढेर ४ खर्ब ५ अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चितिको यो स्तरले १० दशमलव ७ महिनाको वस्तु र ९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ४ प्रतिशतले वृद्धि भई ६० अर्ब ९० करोड पुगेको छ। गत वर्षको यही अवधिमा कुल वस्तुनिर्यात ४ दशमलव ९ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३३करोड पुगेको थियो। कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षा अवधिमा १७.६ प्रतिशतले वृद्धि भएको छ। यस्तो निर्यात गत वर्ष ७ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। अन्य मुलुकतर्फको निर्यातमा १३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।
वस्तु आयात १९ दशमलव २ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब १ करोड पुगेको
छ। गत वर्ष यस्तो आयात ५ प्रतिशतले वृद्धि भई ३ खर्ब २१ अर्ब ३४ करोड पुगेको थियो। भारतबाट भएको आयात अघिल्लो वर्षको वैशाखसम्ममा २३ दशमलव ८ प्रतिशतले बढेको थियो। यो वर्ष १४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। अन्य मुलुकबाट भएको आयात २७ दशमलव ९ प्रतिशतले बढेको छ।
दस महिनासम्ममा कुल वस्तु व्यापार घाटा १९ दशमलव ७ प्रतिशतले वृद्धि भई ३ खर्ब २२ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कुल वस्तु व्यापार घाटा ५ प्रतिशतले बढेको थियो। कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा १४ दशमलव ४ प्रतिशतले बढेको छ। गत वर्ष भारतसँगको यस्तो घाटा २७ दशमलव ५ प्रतिशतले बढेको थियो। गत वर्ष दस महिनासम्ममा २२ दशमलव ८ प्रतिशतले घटेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा ३० दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।
आयात व्यापारमा भएको वृद्धिको कारण समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५ दशमलव ९ प्रतिशत छ। गत वर्ष यही अवधिमा यस्तो अनुपात १६ दशमलव ३
No comments:
Post a Comment