Monday, June 18, 2012

प्रधानमन्त्री ब्राजिल प्रस्थान गर्दै

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियोदि जेनेरियो प्रस्थान गर्दैछन्। त्यहाँ उनले अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग ब्राजिल जानेका श्रीमती हिसिला यमी, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशव मान शाक्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मन्त्रिपरिषद कार्यालयका सचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोग सचिवालयका सचिव युवराज भुषाल, वातावरणस विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, वन मन्त्रालयका सचिव नविनकुमार घिमिरे, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत रहेका छन्।
आज प्रस्थान अपरान्ह प्रस्थान गरेका प्रधानमन्त्री भट्टराई रियो प्लस ट्वान्टिमा सहभागी हुन मंगलबार रियो दि जेनेरियो पुग्नेछन्। सम्मेलन दिगो विकासमा हरित अर्थतन्त्र तथा गरिवी निवारण र दिगो विकासको संस्थागत रुपरेखा गरी दुई बिषयमा केन्द्रित हुनेछ।

No comments:

Post a Comment