अर्जुन सुवेदी,काठमाडौं, असार ५-मन्त्रिपरिषद्ले गरेको वरिष्ठ प्रहरी अधिकृतहरुको सरुवा निर्वाचन आचारसंहिता विपरीत भन्दै निर्वाचन आयोगले निर्णय बदरका लागि सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको आयोगको बैठकले सरकारको सो निर्णयले आचारसंहिताको उलंघन भएको ठहर गरेको हो।
आयोगका प्रवक्ता शारदा त्रितालका अनुसार निर्णयकार्यान्वयन नगर्न आयोगले मंगलबारै मुख्य सचिव माधव घिमिरेलाई पत्र पठाएको छ। 'निर्वाचन घोषणा भइसकेकाले सरुवा बढुवा गर्न मिल्दैन भनेर सरकारलाई पहिला नै जाकारी गराइसकेका थियौं,' त्रितालले भने' 'सरकारले बेवास्ता गर्दै निर्णय गरेपछl आयोगले त्यसलाई बदर गर्न निर्देशन दिएको छ।'
ब्राजिल जानुअगाडि प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक राखेर पाँच एआइजी र १९ डिआइजीको सरुवाको निर्णय गरेका थिए। सो निर्णय प्रहरीभित्रै समेत विवादीत बनेको थियो।
No comments:
Post a Comment