Tuesday, June 19, 2012

अन्तरार्ष्ट्रिय बजारमा घटे पनि निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेर निगमको नोक्सानी कम हुँदै गएको बेला नेपाल आयल निगमले डिजेल मट्टितेलमा मूल्यवृद्धि गरेको छ। इन्डिय आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ।
बढेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर बजार ९३ पुगेको छ। यसअघि मट्टितेल र डिजेल प्रतिलिटर ८९ रुपैयाँ थियो। अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेका कारण मूल्यवृद्धि नगरी नै नोक्सान समायोजन हुने अवस्थामा गरिएको मूल्यवृद्धिले सवारी साधन तथा औद्योगिक क्षेत्रको लागत बढ्न गइ उपभोक्ता मारमा पर्ने देखिएको छ।

No comments:

Post a Comment