Thursday, June 21, 2012

रेखा थापासँग नाच्दैमा विद्रोह हुँदैन : माओवादी नेतृ पम्फा भुषाल

भर्खरै एकीकृत माओवादीबाट फुटेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले प्रचण्डले विद्रोह गरेकै होइन भनेकी छिन्। तपाईंहरू मिलेर गर्दा त सम्भव भएन, अब कसरी होला र जनविद्रोह ? भन्ने प्रश्‍नमा उनको जवाफ थियो- उहाँ रेखा थापासँग नाच्नुभो। अरु कोही सडकमा बसे, गए। जनविद्रोह त्यस्तो हुन्न।
जनविद्रोहमा नजाने सोचका लागि उही आन्दोलनको जस्टिफाइ गर्नमात्रै गरेको कार्यक्रम रहेछ त्यो- उनले थपेकी छिन्।
रेखा थापासँग प्रचण्ड नाचेकोमा तपाईंहरू पनि असन्तुष्ट हुनुहुँदो रहेछ नि भन्ने अर्को जिज्ञासामा उनको उत्तर थियो- त्यत्रो ठूलो आन्दोलन केवल नाच्ने, गाउने र भाषण गर्नेमा सीमित भयो। मेरो निष्कर्ष यतिमात्रै हो।

No comments:

Post a Comment