Thursday, June 21, 2012

कार्यालय प्रयोगबारे दाहाल-वैद्यपक्षबीच भिडन्त रोक्न कार्यालयमा ताला

असार ७ - भर्खरै गठन भएको नेकपा-माओवादी र एकीकृत नेकपा माओवादीबीच भिडन्त हुने स्थित पैदा भएपछि प्रहरीले माओवादीको कर्मचारी संगठन रहेको कार्यालय नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा वैद्यपक्षलाई कार्यालयबाट निकाली ताला लगाइएको हो।
मोहन वैद्यको नैतृत्वमा हालैगठित नेकपा-माओवादीले नियन्त्रणमा लिएको माओवादीको कर्मचारी संगठनको कार्यालय संस्थापन दल एकीकृतनेकपा माओवादीका समर्थकले कब्जा गर्न प्रयास गरेपछि प्रहरीले कार्यालयमा ताल्चा मारेको हो। दुबै पक्षबीच कार्यालय कब्जाको प्रतिस्पर्धामा झडप हुने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा प्रहरीले वैंद्यपक्षलाई कार्यालयबाट बाहिर निकालेर ताल्चा लगाएको थियो।
कार्यालयको विषयमा दुबै पक्षबीच दिनभर नारावाजी र प्रदर्शन भएको थियो। पर्यटन वोर्डसँगै रहेको कार्यालय माओवादीले कर्मचारी संगठनका लागि प्रयोग गर्दै आएको थियो। महनगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता धीरजप्रताप सिंहले स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले कार्यालय खाली गराईताल्चा लगाएर नियन्त्रणमा लिएको बताए।

No comments:

Post a Comment