Friday, June 22, 2012

चट्याङ लागेर दुई महिलाको मृत्यु

खोटाङ, असार ८- चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु भएको छ। बिहीबार साँझ परेको चट्याङ लागेर हौंचुर-१ पैयाँकी ५९ वर्षीया कमलसरी राई र २९ वर्षीया देवी तामाङको मृत्यु भएको हो।
चट्याङ लागेर बेहोस बनेका उनीहरूको आज बिहानपख मृत्यु भएको स्थानीय दावा शेर्पाले जानकारी दिए।
चट्याङ लागेर बेहोस बनेका सनमान तामाङको अझै होस नखुलेको स्थानीयवासीले जानकारी दिएका छन्। बेहोस बनेका अन्य घाइतेको भने होस खुलिसकेको छ। घटनास्थलतर्फ आज बिहान प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, चट्याङले खार्मीका लेकगाउँ, गोपीखर्क, निगालेलगायतका घरहरूमा पनि क्षति पुर्‍याएको छ।विद्युत्को मेन लाइन र घर-घरको लाइनमा व्यवस्थित अर्थिङ तथा राम्ररी वाइरिङ नगरिएका कारण एक ठाउँमा परेको चट्याङले सबै ठाउँमा धनजनको क्षति पुर्‍याएको स्थानीयवासीको भनाइ छ। रासस

No comments:

Post a Comment