Saturday, June 23, 2012

दीपक मनाङ्गे सहित ६४ जना गुण्डागर्दीमा संलग्नहरू पक्राउ

काठमाडौ, असार ९ - राजधानीमा शंकास्पद गतिविधि बढेको भन्दै नेपाल प्रहरीले शनिबार बिहान ६४ जनाडन र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
बिहान चार बजेको सर्च अभियानमा ६४ जना डन र गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षकधीरजप्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार यसरी पक्राउ पर्नेहरूमा दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत छन् । उनीहरूबाट प्रहरीलेखैरो हिरोइनसमेत बरामद गरेको छ ।
प्रवक्ता सिंहका अनुसार सर्च अभियान जारी रहेका कारण बेलुकासम्म पक्राउ पर्नेहरूको सङ्ख्या अझैबढ्न सक्छ ।
पछिल्ला दिनहरूमा राजधानीमा गुण्डागर्दी र अपराधको क्रम बढेको भन्दै प्रहरीले आकस्मिक रूपमा यो अभियान सञ्चालन गरेको हो । यो क्रम निरन्तर एक हप्तासम्म जारी रहने बताइएको छ ।
समातिएका सवै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएका कुख्यात डनहरू रहेको प्रवक्ता सिंहको भनाइ छ । एकैपटक ठूलो सङ्ख्यामा डनहरू समातिएको यो पहिलो पटक हो ।
प्रकाशित मिति: २०६९ असार ९ ११:२३

No comments:

Post a Comment