Saturday, June 23, 2012

कतारमा नेपाली कामदारको दूर्वस्था

रेगन डोर्थी, दोहा(रोयटर्सं)- विश्वकै धनी देशमध्यमा पर्ने कतारको राजधानी दोहामा आकर्षक गगनचुम्बी भवन तथा सुविधासम्पन्न सपिङ मलहरु बनाउनेहरु शहरको बाहिरी भागमा बस्छन्। उनीहरु बस्ने स्थान झोपडपट्टी जस्तै छ।
फोहोर डंगुर र कारका यत्रतत्र छरिएका पाटपुर्जीसँगै जोडिएको दोहाको औद्योगिक क्षेत्रमा आप्रवासी कामदारको शिविरको पर्खालहरुमा लुगा सुकाउँदै गरेको देखिन्छ। ट्याङक पाइपबाट लगिएको पेट्रोल भूइमा पोखिएको पेट्रोलले मात्रै नभएर खुल्ला ढलले पुरै क्षेत्रलाई दुर्गन्धित पारेको छ। घरभित्र, भान्सघरका रहेको उपरकण पनि त्यस्तै छन।
सो शिविरमा बस्दै आएका नेपाली कामदार भानुले आफ्नो देशमा भन्दा केही बढी कमाउन सक्ने भएकाले यस्तो अवस्था भएको स्थानमा पनि बस्नु परेको बताएका छन्। 'घरमा पैसा पठाउन सक्ने भएकाले यहाँ बसेको हु,' उनले भने।
तर विश्वपक फुटबल २०२२ को आयोजनाको जिम्मेवारी प्राप्त गरेको कतारले भौतिक पूर्वाधार निर्माणमा अर्बौ अमेरिकी डलर खन्याएको छ। त्यसले गर्दा उनीहरुले आप्रवासी कामदार चाहिएकोछ। त्यसले आप्रवासी कामदारलाई गरिने व्यवहार अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुगेको छ।
खाडीको यो सानो देशमा न्युनतम ज्यादा निर्धारण गरिएको छैन। त्यसैले भानु जस्तो कामदारहरु केही रकम घर पठाउन सक्ने हुँदै खुशी हुने गरेका छन्। यस्ता कामदारको दैनिक ज्याला ८ देखि ११ डलरबीचमा छ। विश्वका उच्च प्रति व्यक्ति आय करिब १ लाख अमेरिकी डलर त्यस देशमा कहिले काँही त आप्रवासी कामदारले ६ डलर ७५ सेन्ट मात्रै प्राप्त गर्न गरेका छन्।
न्युयोर्कमा रहेको ह्युमन राइट वाचले यसै महिना सार्वजनिक गरेको प्रतिवेदना कतारमा आप्रवासी कामदारमाथि दुर्व्यवहार गर्ने गरेको भेटिएकाले त्यसको भर्त्सना गरेको छ। सन् २०२२ प्रतियोगिता अघि नै श्रम सम्बन्धी व्यवहारलाई व्यापाक सुधारका लागि आह्वान गरेको छ।
'हामीले अस्पिरे क्षेत्रमा(कतार सरकारको खेलकुद केन्द्र) काम गर्ने सात नेपाली कामदारको समूहलाई भेट्यौ। उनीहरुले मालिकले चार महिनादेखि तलब नदिएको बताए र उनीहरुले घर फर्कन चाहे पनि मालिकले पासपोर्ट फिर्ता दिन अस्वीकार गरेको बताए,' ह्युमन राइट वाचका मध्य पूर्वका अनुसन्धानकर्ता प्रियाङ्का मोतापार्थीले कतारको राजधानीमा भनिन्, 'हामीले दोहामा बस्दै गरेको नयाँ विमानस्थलका कामदारसँग अन्तर्वार्ता गर्दा गैरकानुनी रुपमा तलब कटौति गर्ने गरेको बताएका छन्। उनीहरुको मासिक तलबबाट रकम कटौति गर्ने गरिएको थियो।'
विदेश कामदारको भन्दा ठिक फरक अवस्था छ कतारीहरुको। १७ लाख बासिन्दा मध्ये २ लाख ५० हजार मात्रै कतारी छन्। विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँसको निर्यातक राष्ट्रले देशले मध्यपूर्वका अन्य देशमा दखिएको जस्तो समस्यालाईनियन्त्रण गर्न कदम चालेको थियो।
गत सेप्टेम्बरमा सरकारले सार्वजनिक क्षेत्रमाका काम गर्नेक कतारीको तलब र सामाजिक सुरक्षाको खर्च ६० प्रतिशतले बढाएको थियो। सैनिकको तलबमा पनि ५० देखि १ सय २० प्रतिशतसम्म वृद्धि गरेको थियो। आप्रवासी कामदारलाई वृद्धि गरिएको रकम प्राप्त गर्ने छैनन।
त्यस्ता कामदार भारत, नेपाल र बंगलादेशका मानिसको बाहुल्यता छ। उनीहरु खाडी देशमा काममा आउनका लागि धेरै ऋण काडेर आउने गरेको मोटापर्थीले बताए। यसरी आउने अधिकांश जागिरको बारेमा पर्याप्त सूचना नलिइ आउने गरेका छन्। त्यसले उनीहरु सम्झौता भन्दा फरक प्रकारको काम पाउने गरेका छन्। उनीहरुले प्राप्त गर्ने भनेको भन्दा निकै कम मात्रै रकम प्राप्त गर्ने गरेका छन्।

No comments:

Post a Comment