Saturday, June 23, 2012

एकाविहानै ६४ 'डन' र गुण्डाहरुको घरमा सर्च अभियान

आज बिहान ४ बजेदेखि प्रहरीले गरेको सर्च अभियानमा ६४ डन र गुण्डाहरुको घरमा छापा मारिएको छ। दिपक मनाङ्गे, बाघे लामा, कुमार घैटे, शशी अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायतको घरमा छपा मारिएपनि उनीहरु कसैलाई फेला भने नपारेको नागरिकन्युज कर्मी केपी ढुंगाना ले जनाएका छन्। महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धीरजप्रताप सिंहले सर्च अभियान जारी रहेको जनाएका छन्। छपा मारिएका सबै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएका कुख्यातहरु हुन्। एकैपटक ठूलो संख्याम सर्च गरिएको यो पहिलो पटक हो।

No comments:

Post a Comment