Sunday, May 6, 2012

जीप दुर्घटनामा ११ को मृत्यु, ४ घाइते

कास्कीको धिताल-१ नुवार गाउँमा आज बिहान भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। भेडाबारीबाट हेम्जातर्फ आइरहेको ग १ प ३२४८ नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्य भएको हो। मृतकमध्ये ७ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये ल्वाङघलेल गाविस वडा नं. १ का जङ्गबहादुर बिक, असर्फी बिक, बलराम गौतम, बखतबहादुर क्षेत्री, ल्वाङघलेल–२ का मिनबहादुर बिक, टेकबहादुर बिक र पोखरा पामेकी मिठु अधिकारीको सनाखत भएको छ। बाँकी मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको मणिपाल क्षिक्षण अस्पताल र दुई जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हिजोमात्र कास्कीमा बाढीमा परी १३ जनाले ज्यान गुमाएका थिए।

No comments:

Post a Comment