Saturday, May 12, 2012

प्रचण्ड जातीय द्वेषको आगोमा घ्यू थप्दैछन् :

- राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय द्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। 'प्रचण्ड जातीय विद्धेष फैलिने गतिविधिमा आगोमा घिऊ थप्दैछन्', थापाले भने।
आफूले शुरुदेखि नै उठाउँदै आएको अखण्ड नेपालको एजेण्डा विस्तारै सिंगै देशको माग बन्दै गएको दाबी गरेका छन्। शनिबार विर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै थापाले भने 'चार वर्ष अघि मैले एक्लै भनेको कुरा अहिले सिंगै देशले भन्दैछ, हाम्रो आवाज सबैको आवाज बनेको छ ।'
भ्रातृसंस्था प्रजातान्त्रिक युवक संगठनको तेस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष थापालेपूर्व -पश्चिममा अहिले उठिरहेको जातीय राज्यविरोधी लहरलाई 'राप्रपा नेपाल' को प्रभाव भनेका छन्। 'सुदुर पश्चिम , पश्चिममा उठेको आन्दोलन हाम्रै मान्यताको उपज हो', उनले भने 'त्यो आन्दोलनप्रति हामी पूर्णतः ऐक्यबद्धता प्रकट गर्दछौं।' संघीयताका नाममा जातीय राज्य बनाउँदा नेपाल खण्डित हुने बताउँदै थापाले ठूला दलहरु त्यसैको तयारीमा लागेको दाबी गरे। हिन्दु राज्य, राजसंस्थासहितको प्रजातन्त्रबिना मुलुक स्थिर हुनै नसक्ने जिकिर उनको थियो।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सुदुर र पूर्वमा चलिरहेको आन्दोलनलाई 'प्रतिगामी षडयन्त्र' भनेका थिए। थापाले त्यसको प्रतिरोध गरे। झण्डै दुई घण्टा बोलेका थापाले मुख्य चार दल मिलेर विदेशी इशारामा संविधान ल्याउने तयारी गरेको आरोप समेत लगाए।

No comments:

Post a Comment