नयाँ बानेश्वर, वैशाख २१- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुबीच आज हुने भनिएको लिखित सम्झौताको वातावरण बिग्रने स्थिति आए पनि अहिले सुध्रेको बताएका छन्। 'अघि बिग्रेला जस्तो भैसक्या थियो, अबचैँ होला जस्तो छ', नेपालले सञ्चारकर्मीहरुलाई बताए।
वर्तमान सरकार भङ्ग गरी बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बनाउने कि अहिलेको सरकारमा काङ्ग्रेस र एमालेलाई पनि सहभागी गराई राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने विषयमा विवाद भएपछि लिखित सम्झौताका लागि १ बजे बस्ने भनिएको बैठक ढिला भएको छ।
नयाँ बानेश्वरस्थिति विशेष समितिको सचिवालयमा बस्न लागेको बैठकअघि एमाले नेता माधवकुमार नेपाल आफ्नो पार्टीको संविधान सभा भवनमा बस्न लागेको स्थायी समितिको बैठकमा सहभागी हुन हिँडेका छन्। यसअघि सोही स्थलमा माओवादीको पनि स्थायी समितिको बैठक बसेको थियो। अहिले प्रमुख दल र मधेसी मोर्चा बीच बस्न लागेको बैठक स्थलमा कङ्ग्रेस र माओवादीका नेताहरु रहेका छन्।
वार्तास्थलबाट प्रत्येक पलका खबर अपडेटका लागि हेर्दै गर्नुस् नागरिकन्युज
No comments:
Post a Comment