लिखित सहमति गर्ने भनिएको आजको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकको बीचैमा शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने भोलिसम्ममा सहमति हुनेसंभावना रहेको बताए। शीर्ष नेताहरु सिंहदरबारमाबस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी हुन निस्किएका हुन्। उनीहरु फेरि वार्ताका लागि फर्कने भनिएको छ।
एमाले वार्तामा कडा रुपमा प्रस्तुत हुन्छ : केपी ओली
तीन प्रमुख दल र मधेसी मोर्चाबीच भइरहेको वार्ता स्थलमा प्रवेश गर्नुअघि एमाले नेता केपी ओलीले वार्तामा एमाले कडा रुपमा प्रस्तुत हुने निर्णय स्थायी समितिको बैठकले गरेको बताएका छन्। नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार ओलीले बहुमतीय प्रक्रिया अनुसार बन्ने सरकारमा एमाले सहभागी नहुने बताएका छन्।
___________________________
No comments:
Post a Comment