Monday, May 28, 2012

भट्टराईले अवैधानिक काम गरे : वैद्य

काठमाडौं, जेठ १५ (नागरिक) - एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले प्रधान मन्त्री बाबुराम भट्टराईले नयाँ संविधानघोषणा गर्नु पूर्ण अवैधानिक भएको बताएका छन्। आज प्रेस वक्तव्यमार्फत वैद्यले निर्वाचन घोषणाबाट देशभक्त तथा परिवर्तनकामी जनसमुदायमा गम्भीर आघात पुर्‍याएको दावी गरे।
राजनीतिक दलहरुको सहमतिविना र संबैधानिक व्यवस्था मिचेर गरिएको घोषणा स्वतः अबैधानिक हुने उनको दावी छ। प्रधान मन्त्रीको कदमको विरोध गर्दै संविधानसभा भंग भएको अवस्थामा वर्तमान सरकार पनि पूर्णत कामचलाउ सरकारमा परिणत भएको उनको दावी छ।
'यस्तो स्थितिमा यो सरकारको हामी तत्काल राजिनामा माग्छौं,' वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'साथै, सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभा निर्वाचनलगयात सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्नेबारे तत्काल आवश्यक पहल लिन हामी सबै राजनीतिक दलहरुसँग विनम्र अनुरोध गर्दछौं।'

No comments:

Post a Comment