Thursday, April 4, 2013

नायिका सुमिनाले भनिन्- ‘टाउको झोलामा, खुट्टा खोलामा’ ! (अडियो सहित)

चलचित्रकी नायिका सुमिना घिमिरेले मंगलबार साँझ अनलाइनखबरका रंग पत्रकार
विजय 'आवाज' लाई ज्यान मार्ने धम्की दिएकी छिन् । बेलुकी साढे ५ बजे फोन
गरेर नायिका घिमिरेले 'टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिने' धम्की
दिएकी हुन् ।
मंगलबार अनलाइनखबरमा 'सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना' शीर्षकमा
नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार
प्रकाशित भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै
टिप्पणीनगरी चलचित्रमा उनले सफलता पाउन नसकेको मात्र विश्लेषण गरिएको
थियो । तर, यसै विषयलाई लिएर उनले पत्रकारलाई फिल्मी डायलगमा धम्की दिएकी
हुन् ।
फोनमा सुमिनाले मेरो बिरुद्धमाकिन समाचार लेखेको, मेरो बारेमा नराम्रो र
राम्रो दुबै समाचार नलेख भन्दै धम्काएकी हुन् । 'तेरा बाउले बनाएको
सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?'- सुमिनाले फोनमा भनिन् ।
यस्तै उनले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिदिने धम्की
दिएकी हुन् । 'तँसालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा
खोलामा पुर्‍याइदिन्छु ।'- नायिका घिमिरेले फोनमा धम्काउदै भनिन् । करिब
४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गरेको
अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका
विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा
छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई
आधार मानेर 'टाउको झोलामा खुट्टा खोलामा' भन्दै नायिकाको धम्कीले उनी
चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनिकमजोर छिन्
भन्ने देखाएको छ । नायिका जस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा
बोल्लाभनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।

No comments:

Post a Comment