७ जेठ, नेपालगन्ज । बन्द हड्तालबाट अत्यासीएका वालकहरु घरबाट भागेर भारत तर्फ जादै गरेका ७ स्कुले बालकलाई बाँकेको सिमाबाट उद्धार गरिएको छ । लगातारको बन्द हड्तालले विद्यालय नखुलेपछि सुर्खेत र दाङका स्कुले बालक जोखिमपुर्ण कामका लागि भारत तर्फ जाँदै गरेको अवस्थामा माइती नेपालले संस्थाले उद्धार गरेको हो ।
स्कुले पोसाकमै रहेका उनीहरुको उद्धारपछि केहीलाई अविभावकको जिम्मा लगाएर घर पठाईसकिएको र केहिलाई पठाउने तैयारी भैरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले जानकारी दिएका छन् । ४ जना १२ वर्षका र ३ जना १४ वर्षका बालकहरु कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु रहेको वताइएको छ ।
No comments:
Post a Comment