दिलीप पौडेल, बाग्लुङ, जेठ ९ - जातीय पहिचानको आधारमा संघीयराज्यको माग गर्दै आएका जनजातिका कार्यकर्ताले मंगलबार जिल्ला वन कार्यालय,बाग्लुङमा तोडफोड गरेका छन्। सरकारी कार्यालय बन्द गराउँदै हिँडेका आन्दोलकारीले वन कार्यालय भित्र प्रवेश गरेर दराजको सिसा, कुर्सी लगायतका सामाग्री तोडफोड गरेका हुन्।
बन्दकर्ताले कर्मचारीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको जिल्ला वनकार्यालयका अधिकृत रामचन्द्र कँडेलले बताए।
तोडफोडपछि वन कार्यालयमा प्रहरी तैनाथ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण सिवाकोटीले बताए। 'तोडफोडमा संलग्नको खोजी कार्य भैरहेकोछ,' डिएसपी सिवाकोटीले भने।
तीन दिनदेखि जारी बन्दको कारण मंगलबार पनि धौलागिरीकातीन जिल्ला पर्वत, म्याग्दी, बाग्लुङमा सवारी साधन, शैक्षिक, संस्था, बजार, कलकारखाना लगायत सवै क्षेत्रठप्प छ। यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी चलेका छैनन्। बेनामे प्रदेश चाहिँदैन, पहिचान मेट्न पाईँदैन लगायतका नारा लगाउँदै जनजातीका कार्यकर्ता नाराबाजी गर्दै बजार परिक्रमा गरिरहेका छन्।जातीय पहिचान सहितको संघीय राज्यको माग सुनुवाई नभएकोलेआन्दोलन जारी राख्नु परेको आदिवासी जनजाति संयुक्त संर्घष समितिका संयोजक तेजेन्द्र थापा मगरले बताए।
No comments:
Post a Comment