Tuesday, May 22, 2012

ह्विप उल्लंघन गर्ने सभासदलाई कारबाही गरिने

९- एमालेले मतदान प्रक्रियामा पार्टी ह्विपविपरीत जाने सदस्यलाई कारबाही गर्ने भएको छ। आज भएको स्थायी समिति बैठकमा यसबारे छलफल भएको पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी गराए।
बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै गौतमले संविधान निर्माणमा विवादित विषयको टुंगो लगाउन बहुमतीय प्रक्रियामा गए संविधान नबन्ने भएकाले त्यतातिर नलाग्ने बताए।
अर्का नेता केपी ओलीले एनेकपा माओवादीले एमालेको संसदीय दल फुटाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। 'माओवादीले एमालेको संसदीय दल फुटाउने प्रयास दिवा स्वप्नमा चकलेट खाएजस्तो हो,' ओलीले भने।

No comments:

Post a Comment