काठमाडौं, जेठ ९- दलहरुले संविधान सभाको म्याद तीन महिना थप्न प्रस्ताव लैजाने भएका छन्। सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा भएको चार दलको बैठकमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो। केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सभाको म्याद तीन महिना बढाउनेगरी संसद्मा विधेयक दर्ता गर्ने निर्णय गर्दैछ।
कांग्रेस महामन्त्री विमलेन्द्र निधिका अनुसार सरकारमा चारै शक्ति सहभागी भएकाले सरकारले विधेयक दर्ता गर्न लागेको र यसमा चारै शक्तिको समर्थ रहने जानकारी दिए।
यसअघि एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीमाझ सत्य कुरा नबताइ पन्छिएका थिए।
Tuesday, 22 May 2012 18:33
संविधानसभा म्यादबारे चार दल बैठक जारी
माधव ढुङ्गेल, काठमाडौं, जेठ ९- संविधान सभाको म्याद बढाउने कि नबढाउने भन्नेबारेमा चार दल बीच अहिले प्रधान मन्त्री कार्यालय सिंहदरबारमा बैठक चलिरहेको छ। म्याद थप्ने भए आजै संसद्मा विधेयक दर्ता गर्नुपर्ने भएकाले यसबारे निर्णय गर्न नेताहरु छलफलमा जुटेका हुन्।
संविधान सभाको म्याद थप्न अन्तरिम संविधानको १३ औं संसोधन विधेयक संसद् सचिवालयका पठाउने सम्भावना रहेको जानकारी दिँदै प्रधान मन्त्री कार्यालयले सचिवालयका विधेयक शाखाका कर्मचारीलाई कार्यालय समयपछि पनि पर्खेर बस्न निर्देशन दिएका छन्।
त्यसैगरी सरकारका कानुनी सल्लाहकार मानिने महान्याधिवक्ता मुक्ति प्रधानलाई प्रधानमन्त्री बाबुराम भट्टराईले आमन्त्रण गरेका छन्। सोहीअनुरुप उनी केहीबेर अघि प्रधानमन्त्री कार्यालय छिरेका छन्।
चार दलबीच संविधानको म्याद थप्ने भए तत्काल मन्त्रिपरषद्को बैठक बसी निर्णय गर्न भएको हुँदा अन्य मन्त्रीहरु पनि मन्त्रिपरिषद्को बैठक कक्षमा भेला भएका छन्।
No comments:
Post a Comment