Wednesday, May 23, 2012

रक्सीमा मातेका प्रहरीले अधिकारकर्मी कुटे

, जनकपुर, जेठ १०- सशस्त्र प्रहरी रघुनाथपुर वेश क्याम्पका इन्चार्ज इन्सपेक्टर सियाराम चौधरीले मानव अधिकारकर्मी रोशनदीप ढकाललाई कुटपिट गरेका छन्। ढकालको पाखुरा, टाउको, गर्दन र पिठ्यूमा चोट लागेको छ।
कानुन विपरित वारपार नदेखिने कालो सिसा भएको भारतीय नम्बर प्लेटको बोलेरो जीपमा चढेका इन्सपेक्टर चौधरी लगायतका प्रहरी जवानहरुले ढकाललाई कुटेका हुन्। सोमवार अपराहन करिब साढे छ बजे पुर्व-पश्चिम महेन्द्र राजमार्ग स्थित गोदारबाट रघुनाथपुर वेश क्याम्प फर्किने क्रममाअनियन्त्रित गतिमा हाँकिरहेको चौधरी नेतृत्वको प्रहरी टोली चढेको जीप रोक्न खोज्दा ढकाल निर्घात कुटिएका हुन्।
चौधरी रक्सी खाएर मातेको अवस्थामा ढकालमाथि कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। उनका अनुसार गोदार स्थित चारनाथ खोलामा अवैद्य रुपमा सञ्चालित क्रसर उद्योगमा पार्टी खाएर फर्किरहेको बेला बरमझियामा यो घटना भएको हो। सई वैद्यनाथ झाले भने चौधरी रक्सी नखाएको र दिउँसैदेखि राजमार्ग क्षेत्रमा ड्यूटी खटेका प्रहरी टोलीलाई लिएर फर्किरहेको दावी गरेका छन्।
प्रहरीले प्रयोग गरेको उक्त गाडी क्रसर उद्योगमा भएको पार्टीका आयोजकले चौधरी लगायत टोलीलाई वेश क्याम्पसम्म पुर्‍याइदिन पठाएको स्थानीयले जनाएको छ। प्रहरीले भने उनको भनाई गलत रहेको जिकिर गर्दै वेश ड्युटीमा खटेको टोलीलाई क्याम्प फर्किन हतार भएको कारण अर्काको गाडी प्रयोग गरेको बताए।
रघुनाथपुरबाट निस्कदा पनि मान्छे मार्ने जस्तो गरी हुइँकिएको जीप आउँदा पनि त्यस्तै गतिमा देखिएपछि रोक्न खोज्दा प्रहरीले कुटेको ढकालले बताए। 'कानुनले रोक लगाएको कालो सिसा भएको गाडी। त्यसमा पनि भारतीय नम्बर प्लेट भएको र ग्रामिण भेगमा अनियन्त्रित गतिमा कुदाइएपछि शंका लागेर हामीले रोक्ने साहस मात्र गरेका थियौं' ढकालले भने 'इन्सपेक्टरले रोक्ने वितिकै मैमाथि जाइ लागे।' उनले आफुलाई बोल्ने मौका समेत नदिएर चौधरीले धमाधम मुक्का बर्साएको बताए।
अदालतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधिश र सभामुख बाहेकलाई कालो सिसा भएको गाडी चढ्ने अधिकार दिएको छैन।
उक्त जीपमा चौधरी लगायत असई ज्ञानबहादुर कार्की, प्रहरी जवान राकेश तिवारी, रमेश राउत, टिकाराम गैरे, अर्जुन श्रेष्ठ र आम नागरिक किशोरी महतो चढेका थिए। गाडी कुनै पनि हिसाबले प्रहरीले प्रयोग गर्ने नदेखिएको असई कार्कीले पनि स्वीकारेका छन्। ढकाललाई चौधरीले २-४ झापड हिर्काएपनि आफुहरुले नकुटेको कार्कीले दावी गरे।
मंगलवार रघुनाथपुर वेश क्याम्पमा पुग्दा इन्सपेक्टर चौधरी भेट भएन। उनलाई मोबाइल सम्पर्क गर्न प्रयास गर्दा पनि सकिएन। सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी मदनसिंह विष्टले ढकालमाथि समान्य कुटपिट भएपनि निर्घात नकुटिएकोदावी गरे। इन्सपेक्टरले ढकालमाथि किन कुटपिट गरेको भन्ने खुलाउन विष्टले चाहेनन्।
घटनास्थलको आडैमा रहेको नेपाल प्रहरीको बरमझियाचौकीका इन्चार्ज असई वीरेन्द्र गिरीले भने घटनामा आफुभन्दा सिनियर अफिसर संलग्न रहेकाले केही भन्न नसकेको प्रतिक्रिया दिए। घटना स्थलमा चौकीको दुई जवान घटनाको मुकदर्शक थिए।
ढकाललाई प्रहरीले कुटपिट गरेपछि जिल्ला स्थित आधा दर्जनभन्दा बढी मानव अधिकारकर्मी तथा सञ्चारकर्मीले मंगलवार घटनाको अध्ययन गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय प्रमुख बुद्धनारायण साहनी, एडभोकेसी फोरमका अधिवक्ता राजकुमार महासेठ, इन्सेकका विनोद महरा, योपेड नेपालका अविनाश कर्ण, युवा अभियानका आलोक कर्ण, मानव अधिकार संरक्षण मञ्चका दीपेन्द्र दास, भूमिजा मानव अधिकार संघका विजय दत्त र सञ्चारकर्मी उपेन्द्रभगत नागवंशीले घटना स्थल पुगेर प्रहरी ज्यादतीको भर्त्सना गरेका छन्।
ढकालमाथिको हमलालाई ‘प्रहरी ज्यादती' को संज्ञा दिँदै राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख साहनीले घटनाको न्यायिक छानवीन गरी दोषी प्रहरीलाई कानुन सम्मत कारवाहीको माग गरेका छन्। इन्सेकका महराले घटनामा संलग्न प्रहरी इन्चार्जलाई तत्काल निलम्बन गरी कारवाही अघि बढाउन र पीडित ढकाललाई उचित क्षतिपुर्ती उपलब्ध गराउन माग गरे। आइसिटीजे नामक अधिकारवादी संस्थाका फोकल पर्सन रहेका ढकाल इन्सेक नेपालमा १५ वर्षसम्म धनुषा प्रतिनिधिको रुपमा काम गरेका

No comments:

Post a Comment