Friday, May 4, 2012

बम विस्फोटमा २० को मृत्यु

मस्को, वैशाख २२ (एजेन्सी)- राजधानी मस्को बाहिरको दंगाग्रस्त दागेस्तान क्षेत्रमा भएको दुई वटा विस्फोटमा २० जनाको मृत्यु हुनुकासाथै ३० जना घाइते भएका छन्।
पहिलो विस्फोट प्रहरीले एउटा वाहनलाई जाँचका लागि रोक्ने क्रममा भएको थियो। त्यस्तै दोस्रो विस्फोट एम्बुलेन्स र दमकल आएपछि भएको थियो। त्यसमा थप क्षती पुगेको थियो।
प्रहरीले भने मृत्यु हुनेको संख्या १७ भएको बताएको छ। त्यस्तै ६८ जना घाइते भएको प्रहरीले बताएको छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment