प्रमुख तीन दल र मधेसी मोर्चासहित चार राजनीतिक शक्तिबीच नयाँ बानेश्वरस्थित विशेष समितिको सचिवालयमा वार्ता सुरु भएको छ। वार्तामा राज्य पुनर्संरचना अन्तर्गत विवादित विषयको टुङ्गो लाग्ने संभावना रहेको बताइएको छ। उपप्रधानमन्त्री तथा कङ्ग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रदेशको नामव्यवस्थापिकाको पहिलो बैठकले राख्ने गरी ११ प्रदेशमा सहमति हुने संभावनारहेको बताए।
शान्ति मन्त्रालयमा ब्राह्मण, क्षेत्री समाजसितको वार्तापछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुलाई मन्त्री सिटौलाले सहमतिको संभावना रहेको बताएका हुन्।
अपडेटः (राति साढे सात)- समाचार संकलन गर्न वार्तास्थल पुगेका सञ्चारकर्मीहरुलाई वार्ता परिसरसम्म पनि पुग्न नदिई नयाँ बानेश्वरको सडकमा राखिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। प्रमका निजी सचिवालय र माओवादी अध्यक्ष पुष्पकमल दाहालका सहयोगीहरुलाई जानकारी दिँदा समेत आफूहरुलाई सडकमै राखिएको सञ्चारकर्मीहरुले बताएका छन्।
No comments:
Post a Comment