Saturday, May 26, 2012

कोरियाको इन्च्छन बिमानस्थलमा नेपाली महिला अलपत्र

कोरियन पुरुषसँग नक्कली विवाह गरेर कोरिया आएकी धनकुटाकी बिमला राई (नाम परिवर्तन) बिगत दुई हप्तादेखि इन्च्छन् अन्तर्राष्ट्रिय बिमानस्थलमा अलपत्र अवस्थामा रहेकी छिन् ।
सोलस्थित नेपाली दूताबासले जनाए अनुसार मे ११ मा कोरियन एयरमा आएकी ती महिलालाई अध्यागमन विभागका अधिकारीहरुले कोरियन एयरलाई नै जिम्मा दिएपछि उनि अलपत्र परेकी हुन् ।
ति महिलाले आफु आपतमा परेकाले सहयोग गर्न अनुरोध गर्दै नेपाली दूतावासका उपनियोग प्रमुख राजारामबर्तौलालाई र एनआरएन कोरियाका अध्यक्ष केपी सिटौलालाई सम्पर्क गरेकी थिइन् । 'उनले आफ्नो ब्यथा सुनाएपछि स्थिति बुझ्न हामी गएका थियौं' उपनियोग प्रमुख बर्तौलाले भने 'को मार्फत, कसरी आएकी हुन् केही खुलाउन चाहिनन् । हाल उनी बिमानस्थलको प्रतीक्षा कक्षमा रहेकी छिन् ।'
अध्यागमन कार्यलयका कर्मचारीहरूको भनाईलाई उदृत गर्दै उपनियोग प्रमुख बर्तौलाले ती महिला केही वर्षअघि कोरियन पुरुषसँग बिवाह गरेर यहाँ आएकी तर पारपाचुके गरेपछि अबैधानिक बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेर नेपाल फर्काइएकोबताए ।
स्वदेश फर्कनका लागि एयर टिकटको ब्यवस्था गरिदिन ती महिलाले अनुरोध गरेको उल्लेख गर्दै एनआरएन अध्यक्ष सिटौलाले उनलाई सहयोग गर्ने चाहना भएपनि बिवाह गरेर ल्याउने श्रीमान् र उनलाई पठाउने दलालको बारेमा प्रष्ट जानकारी नगराउँदा सहयोग गर्न कठिनाई भएको बताए ।
प्रकाशित मिति: २०६९ जेष्ठ ११ ०२:०१

No comments:

Post a Comment