Saturday, May 26, 2012

प्रदर्शनकारीसँगको झडपमा एक प्रहरी घाइते

विभिन्न माग राख्दै प्रदर्शनमा रहेका मधेसी मोर्चाका महिला कार्यकर्तासँगको झडपमा एक प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले हिर्काएको ढुङ्गाले लागेर सशस्त्र प्रहरीवलका प्रहरी नायव निरीक्षक बब्लु सिंह घाइते भएका हुन्।
उनको अनुहारमा चोट लागेको छ। त्यस क्रममा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घण्टाघर चोकमा एउटा तेल बोक्न ट्याङ्करमा तोडफोड गर्ने प्रयासमा रहेका प्रदर्शनकारीलाई रोक्ने प्रयासमा झडप भएको प्रहरीले जनाएको छ।
प्रदर्शनकारीले भने महिलालाई रोक्न पुरुष प्रहरी आएको भन्दै ढुङ्गामुढा गरेको थियो।

No comments:

Post a Comment