काठमाडौं, वैशाख ३० - जातियता र संघीयताको नाराले सडक तातिरहेका बेला नेपाल प्रहरीलाई उच्ऋङखल गतिविधी हुन नदिन जनशक्ति धेरै चाहिएको छ । जेठ १४ लाई मध्यनजर राखेर काठमाडौ भित्र र बाहिर बाक्लै गरि प्रहरी उपस्थित गराउनुपर्ने हुन्छ । आवश्यकता अनुसारको जनशक्ति नभएका कारण प्रहरी संगठनले कार्यघण्टा बढाउने तयारी गरिरहेको छ ।
त्यस अघि नै काठमाडौं बाहिरका बिभिन्न शहरमा संघियता र जातियताका नाममा नारा जुलुस र बन्द भइरहेका छन् । यस्तो बेलामा प्रहरी परिचालन बढि चाहिन्छ । उपत्यका भित्र र बाहिर कार्यररत सुरक्षाकर्मीको कार्यघण्टा बढाइएको छ । महानगरीय प्रहरी आयूुक्तको कार्यालयका अनुसार दैनिक १२ घण्टा ड्युटी गरिरहेको प्रहरीले अब जेठ १४ सम्म नियमित १६ घण्टा ड्युटी गर्नेछन् ।
केन्दि्रय प्रहरी प्रवक्ता विनोद सिंहले कम संख्या भएकाले बिशेष परिस्थितीमा कार्यघण्टा बढाएर ड्युटीमा खटाइएको बताए । 'यस अघि नै प्रहरीले १२ घण्टा काम गरिरहेको थियो, अब १६ घण्टा ड्युटीमा खटिने छ' उनले भने ।
यस्तै तराई र पहाडी जिल्लामा कार्यररत जनशक्ति मध्ये केहिलाई जेठ १४लाई लक्षित गर्दै काठमाडौं ल्याउने तयारी भइरहेको छ । आन्तरिक रुपमा मुख्यालयले गृहकार्य गरिरहेको छ । 'दुई जना चाहिनेमा एक जनाले काम चलाउँदै सुरक्षाकर्मी काठमाडौं ल्याउने तयारी भइरहेको छ' प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने 'जसो तसो ब्यस्थापन गर्ने तयारी भइरहेको छ ।'
काठमाडौं बाहिरका प्रहरी त आउँछन् नै, १२ घण्टाबाट १६ घण्टा ड्युटी पनि गर्नेछन् । तर प्रहरी मुख्यालयले अनावश्यक ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई भने फिर्ता बोलाउने हिम्मत गरेको छैन । पदमा रहँदा लगेका सुरक्षाकर्मी ३० जनाले फिर्ता गरेका छैनन् । 'सुरक्षा खतरा नभएको निर्णय भइसक्दा समेत ति सुरक्षाकर्मी मात्र फिर्ता पठाइएको छैन' मुख्यालयका एक प्रहरी अधिकृतले भने 'ति मात्रै फिर्ता आउने हो भने संक्रमणकालमा प्रहरीलाई केहि राहत हुन्थ्यो, अहिले टाउको छोप्दा खुट्टा र खुट्टा छोप्दा टाउको नाङगो हुने अवश्था छ ।'
५० भन्दा बढि सुरक्षाकर्मी दुरुपयोग भएको नेपाल प्रहरी मुख्यालयले जनाएको छ । 'सुरक्षाकर्मी लैजाने निक्कै माथीसम्म पहुँच राख्ने भएका ब्यक्तिहरु छन्' प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने 'आफ्ना कर्मचारी फिर्ता बोलाउन पनि गाह्रो मान्छन् ।'
सुरक्षा चुनौती नभएका ब्यक्तिहरुले पहुँचको भरमा सुरक्षाकर्मी दुरुपयोग गरिरहेका छन् । कसैलाई सुरक्षा चुनौती भए नभएको बिशिष्ट ब्यक्ति सुरक्षामा उत्पन्न खतराको मुल्याङकन समितीले तय गर्ने गर्छ । समितीको बैठकले सुरक्षा चुनौती भए/नभएको निक्र्यौल गरेर सुरक्षाकर्मी उपलब्ध गराइदिन सिफारिस गर्छ ।
समितीमा नेपाल प्रहरीका कार्य बिभाग प्रमुख डिआइजी, सशस्त्र प्रहरीको कार्य बिभाग प्रमुख डिआइजी, राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धाननिर्देशक, नेपाली सेनाका महासेनानी र गृहमन्त्रालयका उप सचिब रहन्छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा चुनौती नभएका बिभिन्न ३० जनाले ब्यक्तिगत सुरक्षा अधिकृत -पिएसओ) लगेका छन् । पटक पटक फिर्ता गर्न आग्रह गर्दा समेत पहुँचका आधारमा अटेरी गर्दै राखेका छन् । जुनियर प्रहरी अधिकृत -पिएसओ) सई, असई, हवल्दार र सिपाही खटिएका छन् । अन्यले एक/एक जना लगेका छन् ।
पिएसओका नाममा लगिएका प्रहरीलाई घरेलु कामदारकारुपमा समेत परिचालन गरेको पाइएको छ । एक जना देखी ४ जनासम्म प्रहरी कर्मचारीलाई ब्यक्तिले लगेका छन् । समाजमा रवाफ र पहुँच देखाउन यिनीहरुले ब्यक्तिगत सुरक्षा अधिकृत लैजाने गरेका
बहालवाला भिआइपी र सुरक्षा चुनौती भएकालाई सुरक्षा दिनुपर्ने हुन्छ । यसरी सुरक्षा पुर्व सरकारी कर्मचारीले समेत लगेर फिर्ता गरेका छैनन् । नेताहरु गंगालाल तुलाधर,घनश्याम भुषाल, रघुबीर महासेठ, मोहम्मद इस्तिहाक राई, बिजय यादब, प्रकाशचन्द्र लोहनी र सुरेन्द्र पाण्डेले एक/एक सुरक्षाकर्मी फिर्ता पठाएका छैनन् । यस्तै बिद्यादेबी भण्डारी, सर्वदेब ओझा, प्रकाशरण महत, बिश्वनाथ साह, रघुजि पन्त छन् । सभासद कृष्ण यादब र रामकुमार शर्माले समेत पहुँच कै आधारमा सुरक्षाकर्मी लगेका छन् ।
मोदराज डोटेल, भोला प्रसाद सिवाकोटी, नायब महान्यायधिबक्ता सुर्य कोइराला, लोकसेवा आयोगकासदस्य टिकादत्त निरौला र पुर्व लोकसेवा आयोग अध्यक्ष तिर्थमान शाक्यले पनि सुरक्षाकर्मी फिर्ता पठाएका छैनन् ।
कोसँग कति ?
बिष्णु पौडेल - ४ (एक पिएसओ, एक भान्से दुई चालक
प्रदिप ज्ञवाली - २ (एक पिएसओ, एक चालक)
ईश्वर पोख्रेल - ३ (दुई भान्से, एक पिएसओ)
बालकृष्ण खाँड- २ (एक चालक, एक पिएसओ )
रामशरण महत-२ (चालक, पिएसओ)
अमरेश कुमार सिंह- ३ (एक चालक, एक भान्से एक पिएसओ)
अर्जुननरसिंह केसी - ३ (एक पिएसओ, एक भान्से, एक चालक )
देबराज कडेल- २ (एक चालक, एक पिएसओ)
प्रकाशमान सिंह-२ (चालक, पिएसओ)
प्रकाशित मिति: २०६९ वैशाख ३० १२:११
No comments:
Post a Comment