Sunday, April 29, 2012

संविधान निर्माणका लागि मुलुक बाहिर पनि प्रदर्शन

नयाँदिल्ली, वैशाख १७ - आगामी जेठ १४ भित्रै जनसंविधान जारी हुनुपर्ने माग गर्दै माओवादी उपाध्यक्ष मोहन वैद्य पक्ष र नेकपा एकीकृतको रामसिंह श्रीस् समूहले आइतबार नयाँ दिल्लीमा दबाबमूलक प्रदर्शन गरेका छन् । वैद्य पक्षले हालसालै गठन गरेको अखिल भारत नेपाली एकता मञ्चको समानान्तर समिति र नेकपा एकीकृतको साझा मोर्चा संयुक्त जनसंघर्ष समितिले आइतबारै यहाँको नेपाली दूतावासमार्फ प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएको छ । ३४ बुँदे ज्ञापनमा समयैमा जनसंविधानसहित प्रवासी नेपालीलाई स्वदेशमा रोजगारी, विदेशमा रहेकाहरूको हकहितको सुनिश्चितता लगायतका माग सरकारसमक्ष राखेका छन्

No comments:

Post a Comment