Sunday, April 29, 2012

नेपाली सेना पुनर्सँरचना गर्न १ खर्ब १० अर्बको प्रस्ताव | मुख्य समाचार

१७ बैशाख, काठमाडौं । प्रधान सेनापति छत्रमानसिंह गुरुङ्गले नेपाली सेनाको पुनर्संरचनाको लागी १ खर्ब १० अर्ब माथिको प्रस्ताव पेस गरेका छन् । सेनाका तर्फबाट संसदको राज्य पुर्नसंरचना समितिमा सेनाको पुनसंरचना र भाबी कार्यक्रमका बिषयमा प्रस्तावित योजनामा सोरकम प्रस्तुत भएको हो ।
आज बसेको समितिको बैठकमा सेनाले सो प्रस्ताव पेस गरेको हो । प्रस्तावमा अन्य देशको तुलनामा जेष्ठ अधिकृतको संख्या कम भएकाले पनि सेनामा समस्या भएको भन्दै नेतृत्वको स्थायित्वको बिषय समेत पुनंसरचनामा समाबेश गरिएको छ ।
पुर्नसंरचना प्रतिबेदनमा रथिको संख्या १८ बाट २४ र सहायक रथिको संख्याका ७० बाट ८९ बनाईएको छ ।
पुनर्संरचना अनुरुप जादा सेनाको ब्यवसायिकता र ब्यबस्थापनमा सहजता हुने भन्दै यस बिषयमा सभाषद्संग थप छलफल गरी निर्णय गर्ने निष्कर्ष समितिको आजको बैठकले निकालेको छ । आन्तरिक पुर्नसंरचना अनुरुप अगाडि बढ्दा रक्षा मन्त्रालय र सेनाको समन्वयमा सरलता हुने र सेनाको गतिबिधि अन्तराष्ट्रिय मान्यता अनुरुप हुने बताईएको छ ।

No comments:

Post a Comment