Friday, April 27, 2012

माओवादीको १० प्रदेश प्रस्तावविरुद्ध सुदूर पश्‍चिम आन्दोलित

एकीकृत नेकपा माओवादीले राज्य पुनर्संरचनामा ल्याएको १० प्रदेशको प्रस्तावविरुद्ध सुदूर पश्‍चिमेलीहरु आन्दोलित भएका छन्। उनीहरुले अखण्ड सुदूरपश्‍चिमको माग गर्दै माओवादी प्रस्तावविरुद्ध सुदूरपश्‍चिम बन्दको आह्‍वान गरेको नागरिकन्युज कर्मी दिलबहादुर छत्याल ले जनाएका छन्। महेन्द्रनगरबाट नागरिकन्युज कर्मी विक्रम गिरी ले जनाएअनुसार नागरिक समाजको अगुवाईमा बन्द घोषणा गरिएको छ।
बजार तथा शिक्षण संस्थाहरु पनि बन्द भएका छन्। महेन्द्रनगरमा बसेको राजनीतिक दलहरुको बैठकले बन्दको समर्थन गरेको छ। माओवादीबाहेकका दलहरुले माओवादी प्रस्तावविरुद्ध साँझ ४ बजे सामुहिक प्रदर्शन गर्ने घोषणा गरेका छन्।
के छ माओवादी प्रस्तावमा ? क्लिक गर्नुस्

No comments:

Post a Comment