अवस्था चिन्ताजनक
डम्बर सुब्बा । रोजगारीको सिलसिलामा ईपीएसमार्फत कोरिया आएका पदम पन्तले आत्माहत्यागरेको समाचारको मसी सुक्न नपाई अर्को एक नेपालीले आत्माहत्या गर्ने प्रयास गरेका छन् । गत १५ तारिख आईतबार विहान ख्वा¨जु शहरको एक दर्ता नभएको कृषि कम्पनीमा कार्यरत नेपाली मजदुर ज्ञानबहादुर गोतामेले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । तर उनको तत्काल उद्धार भए पनि अवस्था चिन्ताजनक रहेको नानुम समाचारपत्रले जनाएको छ ।
कृषि कम्पनीका मालिक छनका अनुसार बिहान फिनिलहाउसमा जांदा फिनिलहाउसको डन्डीमा झुन्डि रहेको अवस्थामा भेटिएका थिए । शरीर छाम्दा मृत भईनसकेकोले हतार हतार अस्पताल ल्याइ उपचार गरिरहेको उनले बताए । आत्महत्या गर्नु अघिल्लो दिन उनले नेपालमा रहेको परिवारहरुसंग टेलिफोनमाकुराकानी भएको र त्यसपछि उनी निकै चिन्तीत देखिएको पनि उनले बताए ।
स्थानिय प्रहरीले कंम्पनी मालिक र सोही स्थानमा काम गर्ने अन्य सहकर्मीहरुलाई किन आत्माहत्या गर्ने प्रयास भयो भन्ने विषयमा अनुसन्धान गरि रहेको बताएको छ ।
२४ बर्षिय पोखरा निवासी गोतामे ईपीएस मार्फत ४० दिन अघिमात्र कोरिया आई सो कृषि कम्पनीमा कार्यरत थिए । हालसम्ममा गोतामेको कुनै पनि ईन्सुरेन्समा नाम दर्ता भएको छैन । जसले गर्दा अस्पताल खर्च पनि निकै महंगो हुन्छ । हालसम्म अस्पताल खर्च ७० लाख वन जति आईसकेको छ भने उपचारको क्रममा अझ बढी खर्च लाग्ने
अस्पताल सोतले जनाएको छ ।
कृषि कम्पनीका मालिक छने यति मंहगो अस्पताल खर्च आफुले तिर्न नसक्ने बताउ“दै नेपालमा रहेका गोतामेको परिवारलाई कोरिया बोलाई परिवारले अस्पातल खर्च बोहोर्नु पर्ने बताउ“छन् ।
अस्पतालमा गई गोतामेको अवस्था हेर्दा एकदमै चिन्ताजनक छ । डाक्टरले पनि यस्तो केस १० जना मध्ये ३ जना मात्र बा“ंच्न सक्ने भनेर बताएको एनआरएन अध्यक्ष केपी सिटौलाले बताए । कोरियास्थित श्रमसहचारी कृष्ण हरि पुस्करले बिरामीको प्रत्यक्ष अवलोकन गर्नुभन्दा टेलिफोनको आधारमा गोतामेको केस हेरी रहेका छन् । “अस्पतालमा उच्च स्तरिय उपचार गरि दिनु भनेर डाक्टरसंग कुराकानी भएको छ । नेपालमा रहेका परिवारलाई कोरिया बोलाउने प्रक्रिया शुरु भईसकेको ।”उनले जानकारी दिए ।
यस सम्बन्धमा नेपाल तथा कोरियाका सन्बन्धीत निकायले दर्ता नभएको कृषि कम्पनीमा कसरी ईपीएसका विदेशी श्रमिकहरु काम गरी रहेको छ भन्ने विषयमा छानबिन गरि गैरकानुनी रुपमा काममा लगाउने कंम्पनी तथा दलालहरुलाई कारवाही गर्न सक्नु पर्छ ।
No comments:
Post a Comment