Friday, April 27, 2012

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

दुबै मुलुकका सुरक्षा चासो साझा मुद्वा बन्ने
१५ बैसाख, पोखरा । नेपाल भारत सिमा सम्बन्धमा बिहिबारदेखि पोखरामा बिहिबार देखि बसेको सहसचिबस्तरीय बैठकमा दुबै मुलुकका सुरक्षा चासोसाझा मुद्वा बनाएर लैजाने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
बैठकले लामो समयदेखि दुई देशबीच भईरहेको सहयोगलाई निरन्तरतन दिने, सुरक्षा संयन्त्र बलियो बनाउने, हतियार लगायत यातायातका साधानहरु सहयोग गर्ने, सुरक्षाकर्मीलाई आवश्यक परेको खण्डमा संयुक्तरुपमा प्रशिक्षण दिईने, साहसिक गतिविधिमा सहभागी गराउने, सीमा सुरक्षा र व्यवस्थापनलाई बलियो बनाउने जस्ता बिषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव दीपक धितालले संचारमाध्यमलाई जानकारी दिएका छन ।
त्यसैगरी बैठकमा दुवै मुलुकका सुरक्षा चाँसोलाईसाझा मुद्दा बनाएर अघि बढने निर्णय भएको पनि धितालले जानकारी दिएका छन । उनले मानव तस्करी, भारतीय नक्कली नोट कारोबारको निगरानी, आपराधिक घटना नियन्त्रणका बारेमा पनि ब्यापक छलफल भएको र त्यस्ता गतिविधिलाई रोक्न दुवै देशले सजगता अपनाउने निर्णय भएको पनि बताए ।
सो बैठकमा नेपालको परराष्ट्र सहित गृह र रक्षा मन्त्रालयका पदाधिकारीसहित पश्चिम क्षेत्रका सुरक्षा निकायका प्रमुख पनि सहभागि रहेको र भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले नेतृत्व गरेका थिए ।
Comments - Post Now

No comments:

Post a Comment