Saturday, April 21, 2012

कसले लुकायो हतियार

कैलालीको भालुमारेस्थित ओडारमा लुकाई राखेको ठूलो मात्रामा हतियार फेला पारेको छ ।
सशस्त्र प्रहरी बल उग्रतारा गणको डुडेझारी वेश क्याम्पले सुगरखाल गाउँ विकास समिति वडा नं. ९ भालुमारे खोलामा आधुनिक हतियारमा प्रयोग हुने गोलीहरु लुकाइराखेको अवस्थामा हतियार फेला पारेको हो ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शिवबहादुर मल्लले दिएको जानकारी अनुसार एलएमजी २४ थान, एलएमजी व्यारेल २ थान, एसएलआर म्याग्जीन १ थान र गोली ८ सय ६० थान, इन्सास म्याग्जीन ५ थान र गोली १ सय ६ बरामद गरिएको छ ।
सुगरखाल कर्णाली चिसापानीदेखि ४ घण्टाको पैदल दुरीमा रहेको छ । ति गोली र म्यागेजिनहरु माओवादीद्वन्द्वका बेला लुकाएर राखिएको हुनसक्ने अनुमान गरिए पनि यसको पुष्टि भने हुनसकेको छैन ।

No comments:

Post a Comment