Sunday, December 29, 2013

रगतमा असर गर्ने घातक मकैको नेपालमा परीक्षण

पुस, काठमाडौं । अमेरिकाले सन् २००० मा आनुवंशिक परिवर्तन गरिएको
(जेनेटिकली मोडिफाइड-जिएमओ) मकैको एक जात 'बिटी कर्न' खानलाई नभइ,
दानालाई मात्र उपयुक्त हुने ठहर्याएको थियो । तर, खाने मकैमा पनि दानाका
केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पुरै
फिर्ता लग्ने निर्णय गर्यो । उक्त मकैमा पाईएको 'बिटी टक्सिन' ले मानिस
लगायत स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको थियो ।
अमेरिकाले बिटी कर्नमाथि कडा नीति लिएको नौ वर्षपछि त्यही जातको जिएमओ
मकै नेपालमा 'सफल परीक्षण' गरियो ।
अमेरिकी संस्था वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआई) को एक
अध्ययन-प्रतिवेदनमा 'सन् २००९ मा नेपालमा जिएमओ मकै 'बिटी कर्न' को सफल
परीक्षण भएको' उल्लेख छ । उक्त परीक्षण कहाँ र कसरी गरिएको थियो भन्ने
विषयमा प्रतिवेदनमा नखुलाइएको नागरिक दैनिकमा खबर छ । तर, बिटी कर्नको
नेपाल प्रवेश अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोले नै गराएको
डब्लुपिआईले किटान गरेको छ ।

No comments:

Post a Comment