Saturday, April 21, 2012

आज आमाको मुख हेर्ने

जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले शनिबार आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार भोजन गराउनुका साथै विभिन्न उपहारदिने गरिन्छ ।
राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगैरहेको मातातीर्थ कुण्डमा आफ्नी दिवंगत आमाको महिमा स्मरण गर्दै श्राद्ध गर्छन् । त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मण वा वज्राचार्यलाई जल, सिदा दान गर्ने परम्परा छ ।

No comments:

Post a Comment