Sunday, April 29, 2012

बन्चरो प्रहार गरी श्रीमती हत्या गर्ने लोग्ने जेल चलान

- बारा जिल्ला न्यायाधीश अबधबिहारीप्रसाद सिन्हाको इजलासले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा लोग्ने शङ्कर महतोलाई पुर्पक्षका लागिजेल पठाउने आदेश दिएको छ। कलैया–१४ विसम्मरपुरका३५ वर्षीय शङ्कर महतोले चैत २ गते श्रीमती लालमतिदेवीको हत्या गरेका थिए।
यसैबीच बारा जिल्ला छातापिपरा नजिक शनिबार बेलुकी ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
त्रिवेणी सिन्थेटिक्स उद्योगमा कार्यरत भारतीय नागरिक चन्द्रेश्वर चोबेलाई उद्योगबाट काम सकेरडेरातर्फ जाँदै गर्दा बेलुकी ७ बजे ना ३ त ८६९ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

No comments:

Post a Comment